आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय […]
शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको छ । पसलसम्म वर्षाको पानी भरिएपछि व्यवसायी मर्कामा परेका हुन् । खोका छाप्रा राखेर दुई दशकदेखि कलुवापुर बजार छेउमा फलफूल बेच्दै आउनुभएका नारद जोशी व्यापार नहँुदा निकै निरास हुनुहुन्छ […]
सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्ने भएको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद इकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले उक्त क्लिनिक बनाउन लागिएको हो । सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती […]
नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल […]
काठमाडौँ, २१ साउन आफूहरुलाई दरबन्दीमा कायम गराउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति छिटो कार्यान्वयनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारी दैनिकजसो सिंहदरबारस्थित अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा धाउन थालेका छन् । मन्त्रालयले गठन गरेको वार्ता समितिको सिफारिसमा गत असार २६ गते विद्यालय कर्मचारीको तलबमान कायम गर्न पहल गर्ने र सो विषयलाई सङ्घीय शिक्षा […]
म्याग्दी, २१ साउन म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो । नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत […]
ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा हुनुभयो । उहाँले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आउनुभएको थियो । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आउनुभएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उहाँले भन्नुभयो, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ ।” ढोरपाटन नगरपालिकाले विद्युत्को पहुँचभन्दा […]
तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो । विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा […]
महोत्तरीको उत्तरवर्ती बर्दिबास–१३ बिजलपुरामा प्रसूतिकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले शनिबार ती स्वास्थ्य सेवा शुभारम्भ गर्नुभएको हो । आफ्नो बस्तीमा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि बर्दिबास–१२, १३ बिजलपुराका बासिन्दा खुशी भएका छन् । सानो–तिनो उपचारका लागि टाढा अस्पताल जानुपर्ने झन्झट र खर्चिलो उपचारबाट राहत पाइने बर्दिबास–१२ की गीतादेवी […]
कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् । सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो । एक सय ५० देखि बढीमा दुई सयसम्म मात्र कैदीबन्दी अटाउने यस कारागारमा तीन सय ३५ कैदीबन्दी राखिएका छन् । “कैदीबन्दी राख्न साह्रै गाह्रो […]