दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता

दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल […]

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ । “फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उहाँको भनाइ छ । बरु […]

गाउँघरबाट लोप हुँदै पानीघट्ट

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्नुहुन्छ । उहाँ मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउनुहुन्छ । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा हुनुहुन्छ । आफूले थाहा पाउने समयमा गाउँमै तीन […]

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् […]

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभयो । नगर उपप्रमुख राईले […]

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ । […]

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर, १८ साउन  : उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालकाे लाेभलाग्दाे दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक […]

निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजलाई पत्राचार गर्दै सेवा लिने बिरामीको अभिलेख राख्न र लिखित तथा विद्युतीय डिस्प्लेमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि […]

के हो आँखा पाक्ने समस्या ? यस्ता छन् सावधानीका ८ मन्त्र

मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं। यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन। आँखा पाक्ने समस्या कुनै पनि उमेर […]

श्रमिकको न्यूनतम ज्याला श्रावण देखि नै लागु हुन्छ : मन्त्रि भण्डारी

काठमाडौं -१६/नेपाल श्रम प्रतिष्ठान द्वारा अयोजित “बर्तमान सन्दर्भमा न्युनतम पारिश्रमिक ” बिषयक बिचार गोष्ठीमा बोल्ने क्रममा श्रम मन्त्री शरदसिंह भण्डारीले प्रत्येक २/२ बर्ष मा बढने श्रमिकको न्युनतम ज्याला यही साउन महिनामा वृद्धि हुने जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री भण्डारी ले आजको श्रम बजारको अवस्था अत्त्येन्तै भयावह अबस्थामा रहेको बताउनु भयो ।देशमा भएका शिक्षित युबा जनशक्ति […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल