काठमाडौँ, चैत २१ गते। नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो। […]
ताप्लेजुङ, चैत २१ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सिकाइमैत्री विद्यालय वातावरण निर्माण गर्न शिक्षकलाई तालिम दिन सुरु गरिएको छ। गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री वातावरण निर्माण गर्न आधारभूत तहका शिक्षकलाई बिहीबारदेखि पाँच दिने तालिम दिन सुरु गरिएको हो। शैक्षिक गुणस्तर सुधार गर्न बृहत शैक्षिक सम्मेलन लगायतका कार्यक्रम (गतिविधि) गर्दै आएको गाउँपालिकाले शिक्षकलाई सिकाइमैत्री वातावरण निर्माणमा केन्द्रित तालिम […]
सिंजा (जुम्ला), चैत २१ गते । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएको छ । […]
मकवानपुर, चैत २० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले […]
गुल्मी, चैत २० गते । नेपाली कांग्रेस गुल्मीले तेस्रो जिल्ला सम्मेलनको तयारीलाई निकै तीव्रताका साथ अगाडि बढाएको छ । “जनआन्दोलन दिवस” को अवसरमा आगामी चैत २६ र २७ गते तम्घासमा हुन लागेको कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन पालिका तहमा प्रतिनिधि खटाउनुका साथै विभिन्न उपसमिति गठन गरिएको छ । यस जिल्लाका वडा, […]
बुटवल, चैत २० गते । जाडो सकिएर गर्मी बढ्दै जाँदा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर बुटवलका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर बुटवलका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका […]
काठमाडौं, चैत २० गते । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा प्रदर्शन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो । हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभइ संसद अधिवेशन अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ । समितिले वार्ताका माध्यमबाट समस्या समाधान […]
गाईघाट, चैत २० गते । उदयपुरको कटारी नगरपालिका वडा नं ४ कान्छी बजारबाट ठुलो परिमाणमा लागु औषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक भिमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि ठाउँ निवासी सात व्यक्तिलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताउनुभयो । पक्राउ पर्नेमा जिल्ला […]
बैङ्कक, चैत २० गते । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष ( इ, उ, ए, ओ, […]