काम अघि बढाउँदै भूमि आयोग

प्युठान, फागुन २८ गते ।  सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन गर्ने, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्‍याउने मुख्य कामका लागि पालिकामा छलफल अघि बढेको हो । जिल्लाका […]

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, फागुन २८ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड […]

४६.५ प्रतिशतले निर्यात वृद्धि

काठमाडौँ, फागुन २७ गते । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपियाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको […]

हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

काठमाडौँ, फागुन २० गते । हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ । हिमालय एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौँ ।” प्रारम्भिक […]

विनियोजन दक्षता र मितव्यियता कायम गर्न निर्देशन

काठमाडौँ, फागुन २० गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी र परिणाममुखी बनाउने गरी बजेट तयार गरी पेस गर्न मन्त्रालयहरू, आयोग तथा कार्यालयलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार आगामी आवका लागि बजेट तर्जुमासम्बन्धी आठबुँदे मार्गदर्शन जारी गर्दै आगामी चैत १५ भित्रै आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना र कार्यक्रम मन्त्रालयगत बजेट […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  फागुन २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर […]

निवृत्त शिक्षकका नाममा तलबभत्ता

काठमाडौँ, फागुन १८ गते । काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा तिनले मासिक रूपमा बुझ्ने गरेको तलबभत्ताको विवरण अध्ययन गर्दा महानगरपालिकाले यस्तो फेला पारेको हो । महानगरपालिकाको शिक्षा विभागका अनुसार कानुनविपरीत तलबभत्ता लिएका शिक्षकबाट ५० लाख रुपियाँ फिर्ता गराइएको […]

१५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, फागुन १३ गते । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व […]

नेपालमा अन्तर्राष्ट्रिय सहयोग कटौती हुने जोखिम बढ्यो : पूर्व अर्थमन्त्री पाण्डे

नवलपुर, फागुन १२ गते ।  नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरूको सहयोग रोकिने जोखिम बढेको बताउनुभएको छ । पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूको कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्यमित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताउनुभयो । नेकपा एमाले नवलपुर प्रचार विभागले सोमबार गरेको भेटघाट कार्यक्रममा […]

पुँजीगत खर्च बढाउन निर्देशन

काठमाडौँ, फागुन ९ गते । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल