काठमाडौं, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत […]
काठमाडौँ, मङ्सिर ८ गते । नेपाल आर्मीका मुकेश पाल र धादिङकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो हुनुभएको हो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गर्नुभयो । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ […]
काठमाडौँ, मङ्सिर ८ गते। नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो। चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार […]
काठमाडौँ, कात्तिक २२ गते । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ । क्रिभेना ज्भेज्दाको मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले ५–२ गोलको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले ४३औँ र ५३औँ मिनेटमा दुई गोल गर्नुभयो । यस्तै इनिगो मार्टिनेजले १३औँ, राफिन्हाले ५५औँ र फिर्मिन लोपेजले ७६औँ मिनेटमा एक […]
काठमाडौँ, कात्तिक २१ गते : लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा बायर लिभरकुसनविरुद्ध सहज जित निकालेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिभरपुलले बायर लिभरकुसनलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन लुइस डियाजले ह्याट्रिक गर्नुभयो । अर्को गोल कोडी गाक्पोले गर्नुभएको थियो । डियाजले ६१औँ, ८३औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक […]
काठमाडौँ, कात्तिक १६ गते : नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिनुभयो । उहाँले १२ बलमा चार चौका र […]
काठमाडौँ, कात्तिक १५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान […]
फूलबारी (कैलाली), कात्तिक ८ गते । नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँमा निर्माण भइरहेको भोकेसनल स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका हुन् । कात्तिक ४ गतेदेखि […]
उर्लाबारी, कात्तिक ५ गते । काठमाडौंको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चित्लाङ फुटबल क्लबको जितका लागि १६ओैँ मिनेटमा बिदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाउनुभएको थियो […]
काठमाडौँ, कात्तिक ५ गते : अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो । यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले […]