हेटौँडा, चैत ६ गते । चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ । मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाडौँमा केबुलकार सञ्चालन गर्दै […]
काठमाडौँ, चैत ४ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक […]
मुगु, चैत ४ गते । सफ्टवेयर बन्द भएपछि मुगुमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र विवरण दर्ता र कार्ड बितरण सम्बन्धी सफ्टवेयर बन्द भएपछि जिल्ला प्रशासन कार्यालय मुगुले सोमबारदेखि उक्त सम्पूर्ण कार्य अवरुद्ध भएको हो । सफ्टवेयरको काम अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुगुले सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेकाअनुसार सफ्टवेयर मर्मत […]
सल्यान, चैत ४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विगतका अलपत्र आयोजना सम्पन्न गर्नेतर्फ प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । उहाँले सल्यान त्रिवेणी गाउँपालिकाको काभ्रामा सोमबार नयाँ मोटरेबल पुलको उद्घाटन गर्दै राज्यको लगानी भएका र अलपत्र परेका योजना सम्पन्न गर्नु पहिलो प्राथमिकता भएको बताउनुभयो । ‘हामी जनप्रतिनिधि मात्र सक्षम भएर विकासको गति अगाडि बढ्दो […]
काठमाडौँ, चैत ४ गते । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम आज नियुक्त गर्नुभएको हो । […]
काठमाडौं, चैत ४ गते । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो । बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताउनुभयो । मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको […]
इलाम, चैत ४ गते । चैत ७ गतेदेखि सुुरु हुने यो वर्षको एसअइई परीक्षामा सहभागी हुुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो । इकाइ प्रमुख शालिग्राम दाहालले पठाउनुु भएको पत्रमा परीक्षा आचारसंहिता […]
पाटन (ललितपुर), चैत ४ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक सुख दुःखमा साथ दिने कुरामा […]
कञ्चनपुर, चैत ४ गते : परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार […]
इलाम, चैत ४ गते : इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो । आजैदेखि सूूर्योदय –२ पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयबाट नगरपालिकाका १४ वटै वडाका नागरिकलाई नागरिकता दिन […]