रामेछाप, चैत २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले आदिबासी अधिकार देशको विकासका लागि फोनिजकर्मी एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । शुक्रवार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो महाधिवेशनको उदघाटनसत्रमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफूलाई पदको कुनै लोभ नभएको पनि बनाउनुभयो । […]
फुङ्लिङ, चैत १ गते। ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय […]
ताप्लेजुङ, चैत १ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो। सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोपलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। यस्तै […]
काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ । बुटवलस्थित एक्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हरायो । जितका लागि बागमतीले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ११ रनमा समेटिएको […]
पाल्पा, चैत १ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो […]
चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदै छ । सात वटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपाली सहभागी हुँदै छन् । हिमवत्खण्ड कला सम्मिलनको तयारीमा केन्द्रित रहेर मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बासँगको कुराकानी […]
भक्तपुर, चैत १ गते । ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला…’ भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होलीपर्व बिहीबार मनाइएको हो । विशेष गरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा बेग्लै रौनक […]
सर्लाही, चैत १ गते । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गरेको छ । बिहीबार बिहानबाट बन्द भएको उद्योगले ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । किसानले ल्याएको सम्पूर्ण उखु सकिएपछि बिहीबार बिहानदेखि मिल बन्द गरिएको उहाँले बताउनुभयो । किसानलाई फागुन १४ […]
सोलुखुम्बु, चैत १ गते । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य […]
चैनपुर (बझाङ), चैत १ गते । बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग बन्द भएका छन् । यसबाहेक बुङ्गल नगरपालिका–७, गडरायमा रहेको गोर्खाली हातेकागज उद्योग, वडा नं. ३ दारुगाउँमा रहेको दारुगाउँ हातेकागज उद्योग, […]