काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबारसाँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग […]
बुटवल, फागुन २९ गते । रुपन्देहीका थारू समुदायले हरेक वर्ष जस्तै यो वर्ष पनि होलीलाई उल्लासमय बनाउन होली मिलनको तयारी सुरु गरेका छन् । खास गरी रुपन्देहीको सैनामैना नगरपालिकाका थारू समुदायले बर्सौंदेखि होली मिलन कार्यक्रम गरी होली संस्कृति संरक्षण गर्ने अभियान गर्दै आएका छन् । होली खेल्ने परम्परा बिस्तारै लोप हुँदै गएको भन्दै थारू समुदायले […]
काठमाडौँ, फागुन २९ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड […]
काठमाडौँ, फागुन २९ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसा देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका […]
काठमाडौँ, फागुन २९ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ । फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताउनुभएको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक भेटघाटको समय रहेको छ । टाढिएका आफन्तहरूसँग पुन: सम्बन्ध सुधारिनेछ । विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ, जसले तपाईंलाई मान सम्मान दिलाउनेछ । धार्मिक तथा सामाजिक कार्य प्रति आकर्षण बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । […]
काठमाडौँ, फागुन २८ गते। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनुभएको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताउनुभयो। “राज्यले शिक्षकको मागलाई ध्यानमा […]
काठमाडौँ, फागुन २८ गते । हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जेभियर इन्टरनेसनल कलेजले जितेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा जेभियरले सिसिआरसी कलेजलाई ७४–५६ स्कोरले हरायो । जेभियरलाई उपाधि दिलाउन लक्की महर्जनले सर्वाधिक २३ अङ्क बनाउनुभयो । उहाँ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै तीन हजार रुपियाँ पाउनुभयो । उपाधिसँगै जेभियरले २५ हजार तथा उपविजेता […]
काठमाडौँ, फागुन २८ गते। प्रेस चौतारी प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनले सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बुधबार सम्पन्न भएको प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेलको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। यस अगाडि पनि अध्यक्षको जिम्मेवारीमा रहनु भएका ढुंगेल पुनः अध्यक्ष निर्वाचित हुनुभएको […]
काठमाडौँ, फागुन २८ गते। बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रिमनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ […]