काठमाडौँ, १२ असोज : प्रधानमन्त्रीको जिम्मेबारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ । बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उहाँले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको हो । […]
दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज ः कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश […]
ल्हासा (चीन), ११ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नुहुनेछ र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण […]
काठमाडौँ, ११ असोज ः ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो । नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान […]
म्याग्दी, ११ असोज : म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा […]
काठमाडौँ, ११ असोज ः विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका […]
काठमाडौँ, ११ असोज ः सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु सम्मेलनले जनस्वास्थ्य, वातावरणीय दिगोपना र […]
काठमाडौँ, १० असोज , नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिनुभयो […]
काठमाडौँ १० असोज, नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित दुई सय २० केभी क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि गरेको छ । कूल २२०/१३२ केभी सवस्टेसनमा जम्मा एक सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा थप दुई सय एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा […]
रसुवा, १० असोज ः दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप रु […]