झापा, १० असोज : डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी […]
छिङछोङ (चीन), १० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै हुनुहुन्छ ।गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल […]
गण्डकी, १० असोज ः पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई रु दुई हजार […]
काठमाडौँ, १० असोज ः आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा […]
हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा सुरु हुँदै छ । मङ्गोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङ्गोलियालाई एसोसिएट टोलीको मान्यता […]
चितवन, ९ असोज ः स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो । एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट […]
हाङझाउ (चीन), ९ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल […]
दमौली (तनहुँ), ९ असोज : डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ […]
काठमाडौँ, ९ असोज : क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी […]
बलेवा (बागलुङ), ९ असोज : जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध […]