भरतपुर (चितवन), २६ भदौ : सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका […]
काठमाडौँ, २६ भदौ : गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गर्नुभएको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् । जनआकाङ्क्षाका आवाज आफ्ना प्रतिनिधि मार्फत संसद्मा बुलन्द हुन नसक्दा जनतामा निरासा पनि छाउन थालेको देखिन्छ । स्वयं सांसदहरू नै संसद्मा आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन् […]
काठमाडौँ, २६ भदौ : हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यहीँ नेम्वाङको निधन भएको थियो । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ […]
काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल […]
कास्की, २५ भदौ : पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । […]
काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसक्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन […]
काठमाडौँ, २५ भदौ : काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो । कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सुरक्षाको विषयलाई तीनवटा शत्रमा विभाजन गरी बिस्तृतरुपमा छलफलसमेत गरिएको […]
भोजपुर, २५ भदौ : वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । […]
काठमाडौँ, २५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न […]
काठमाडौँ, २४ भदौ : सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लाग्नुभएको हो । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उहाँले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । दलित समुदायप्रति त्यतिबेला समाजमा धेरै विभेद रहेकामा अहिले धेरै परिवर्तन आएको सांसद हजरा बताउनुहुन्छ । दलित समुदायको […]