काठमाडौँ, ४ भदौ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम […]
काठमाडौँ, ४ भदौ मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर […]
वीरगञ्ज, ४ भदौ परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिकरूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहजरूपमा सेवा पाउने बताउनुभएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा आज मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहजरूपमा सेवा सुविधा पाउने बताउनुभयो । स्थानीय तहलाई भौतिकरूपमा […]
गण्डकी, ४ भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभएको छ । प्रदेश समन्वय समितिको बैठकमा उहाँले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमार्फत छनोट भएर आएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभयो । “कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन सङ्घले गर्ने भन्ने छनोट […]
मनहरी (मकवानपुर), ४ भदौ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनुभयो । “श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति […]
काठमाडौँ, ४ भदौ नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष […]
काठमाडौँ, ४ भदौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताउनुभएको छ । स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उहाँ समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ बिपी पछिका […]
बेनी (म्याग्दी), ४ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर […]
भोजपुर, ४ भदौ ः भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ […]
कर्णाली, ४ भदौ ः कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ […]