सर्पले टोकेर मृत्यु

सुरुङ्गा (झापा), ३ भदौ :   झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो । उहाँका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका […]

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग

मनाङ, ३ भदौ : हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन् । पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के […]

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा

काठमाडौँ, ३ भदौ : काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू […]

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

मलेखु (धादिङ), २ भदौ पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका […]

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

काठमाडौँ, २ भदौ :   नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ […]

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

गण्डकी, २ भदौ :  आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तण गरेको हो । आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गर्नुभयो । सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता […]

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु

गोरखा, २ भदौ   : त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ । गाउँपालिकाले तत्काल […]

कालीगण्डकीमा एक दिन केराका परिकार अनिवार्य

गल्याङ, २ भदौ :  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्षखिम बहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेरा जाने […]

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर, २ भदौ ः    भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिनुभयो । उहाँले क्रिटिकल […]

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

काठमाडौँ, १ भदौ :  गत आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल