गण्डकी, २९ साउन : गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका इ […]
भरतपुर (चितवन), २९ साउन : नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर […]
गलकोट (बागलुङ), २९ साउन : रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उहाँले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाल्नुभयो । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्र्म सञ्चालन गरेर मनग्य […]
गोरखा २९ साउन : केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक माथिबाट ठूला–ठूला […]
म्याग्दी, २९ साउन : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल […]
काठमाडौँ, २८ साउन अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे बैंकरहरूसँग जानकारी लिनुभएको छ । अर्थमन्त्री महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई अर्थमन्त्रालयमा छलफलका लागि बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे जानकारी लिनुभएको हो । पछिल्लो समय अर्थमन्त्री महतले […]
काभ्रे, २८ साउन काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्याएको हो । मुख […]
काठमाडौँ, २८ साउन नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे धर्ना कार्यक्रम गरेको छ । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ […]
देउखुरी, २८ साउन : घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । “शिक्षकमात्र हुँदा […]
दैलेख, २८ साउन : भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उहाँहरु मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको […]