त्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । आजको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित […]
मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ । नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो । घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो । नगरपालिकाले यही […]
बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै […]
सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले १० बज्नुअगावै सीमानाका पुग्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा परेर नेपालीले […]
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय […]
शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको छ । पसलसम्म वर्षाको पानी भरिएपछि व्यवसायी मर्कामा परेका हुन् । खोका छाप्रा राखेर दुई दशकदेखि कलुवापुर बजार छेउमा फलफूल बेच्दै आउनुभएका नारद जोशी व्यापार नहँुदा निकै निरास हुनुहुन्छ […]
सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्ने भएको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद इकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले उक्त क्लिनिक बनाउन लागिएको हो । सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती […]
काठमाडौँ, २१ साउन आफूहरुलाई दरबन्दीमा कायम गराउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति छिटो कार्यान्वयनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारी दैनिकजसो सिंहदरबारस्थित अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा धाउन थालेका छन् । मन्त्रालयले गठन गरेको वार्ता समितिको सिफारिसमा गत असार २६ गते विद्यालय कर्मचारीको तलबमान कायम गर्न पहल गर्ने र सो विषयलाई सङ्घीय शिक्षा […]
म्याग्दी, २१ साउन म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो । नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत […]
ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा हुनुभयो । उहाँले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आउनुभएको थियो । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आउनुभएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उहाँले भन्नुभयो, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ ।” ढोरपाटन नगरपालिकाले विद्युत्को पहुँचभन्दा […]