नवलपुर (नवलपरासी), माघ २ गते । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको […]
नवलपुर, पुस २७ गते । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ । पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी […]
हेटौँडा, पुस २४ गते । निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुतमार्गमा चिनियाँ कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएको व्यवसायीले गुनासो गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनीले नेपाली निर्माण व्यवसायीलाई लामो समयदेखि भुक्तानी नदिएको यहाँका व्यवसायीको गुनासो छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१, लेनडाँडाको प्याकेज नं. २ को चालिसेडाँडामा माटो कटान गरेको […]
दोलखा, पुस २० गते । करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । गत २०६१ सालमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयको विशेष पहलमा १० लाख २३ हजार १५३ रुपियाँ लागतमा निर्मित सो वधशाला पानीको अभाव देखाएर दुर्गन्धित बनेपछि हटाइएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो […]
काठमाडौँ, पुस २० गते । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ । ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय अवस्थाले आमनागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यसै गरी सडकहरू निर्धारित समयमा निर्माण हुन नसक्दा मुलुकले लिएको पर्यटक भित्र्याउने […]
काठमाडौँ, पुस १९ गते । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । भूतप उल्का वर्षा पुस १३ देखि २८ […]
बैतडी, पुस १६ गते । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML) ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म […]
तनहुँ, पुस १४ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि बन्न सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि बन्ने पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि अलपत्र परेको हो । पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी […]
धनगढी, पुस ९ गते । भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको […]
बैतडी, पुस १ गते । सुदूरपश्चिम प्रदेश सभाको विधायन समितिले स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव सङ्कलन गर्न सुरु गरेको छ । विधायन समितिले आइतबार बैतडी र दार्चुलाका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव लिएको छ । प्रदेश सरकारले नेपालको संविधानको धारा २२७ बमोजिम प्रदेशभित्र रहेका स्थानीय तहबाट […]