जाजरकोट, चैत्र २८ गते – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको पूर्वाधार तथा सेवासम्बन्धी आयोजनाहरूको अनुगमन गर्नुभएको छ। २०८१ साल चैत्र २५ गते आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को दफा ६ अनुसार जिल्ला स्तरीय आयोजना प्रस्ताव छनौट सिफारिस समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय बेदराज […]
काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न […]
काठमाडौँ, चैत २८ गते । नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले थाङ्का/पौभा विशेष प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछाप र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधबार राजधानीमा आयोजित […]
दार्चुला चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका […]
मुस्ताङ, चैत २८ गते । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् । मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय […]
काठमाडौँ, चैत २६ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण १३ निर्णय गरेको छ । सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि […]
काठमाडौँ, चैत २४ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने-घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नुभएको छ । सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेट्नुभएको हो । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार […]
काठमाडौँ, चैत २१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तारलगायतका विषयमा कुराकानी भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।
काठमाडौँ, चैत २१ गते। नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो। […]
मकवानपुर, चैत २० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले […]