अत्तरिया , माघ २५ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ। नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री डा. राणाले भन्नुभयो, “हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सकेसम्मको मिहिनेत भइराखेको छ।सबै क्षेत्रबाट […]
पर्वत, माघ २३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफू नेतृत्वको सरकारले सुशासनको पक्षमा गरेका काम जनताले रुचाएको टिप्पणी गर्नुभएको छ । मङ्गलबार साँझ पर्वतको कुश्मामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै प्रचण्डले भ्रष्टचार र कुसाशनका विरुद्ध भएका कामले जनतामा माओवादी प्रतिको आशा जागृत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शुसासनलाई जनताले […]
काठमाडौँ, माघ २२ गते। सरकारले उपत्यकाका तीन जिल्लाभित्रका मुद्दाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहनेछ। त्यस्तै बैठकले सडक सुरक्षा सम्बन्धी चौथो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलन सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात […]
म्यानमार, माघ २० गते । म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । शुक्रबार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका छन् । राज्यको संविधानको धारा ४२५ अनुसार यो अवधि थप गरिएको छ । निर्वाचन सफल रूपमा सम्पन्न गर्न आवश्यक पर्ने काम र […]
चितवन, माघ १९ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ। कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उहाँले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताउनुभयो। “अहिले आममानिसमा निराशा छाएको छ।यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे […]
काठमाडौँ, माघ १९ गते । सत्ता साझेदार र प्रतिपक्षी दलका नेताले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने प्रतिव्रिmया दिएका छन् । नेताहरूले विधेयक अधिवेशनलाई आर्थिक सुधार, सुशासन, सङ्घीयता कार्यान्वयनसहित देशमा समग्र रूपान्तरणका पक्षमा सदुपयोग गर्नुपर्ने बताएका हुन् । शुव्रmबार संसद् बैठकपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउँदै गहन […]
काठमाडौँ, माघ १९ गते । शुक्रबारदेखि प्रारम्भ भएको संसद् अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्ताव गरेको विधेयक संसद्ले लामो समयसम्म पारित नगर्दा वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा सरकारले ल्याएका विधेयक सदनमा लामो समय रोकिएकोमा असन्तुष्टि […]
हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशले सङ्घसँग […]
काठमाडौं, माघ १८ गते । सङ्घीय संसद्को अधिवेशन शुक्रबार अपराह्न १ बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले […]
काठमाडौं, माघ १४ गते । सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा […]