अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

वासिङ्टन (संयुक्त राज्य अमेरिका), साउन ७ गते : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नु भएको छ । उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहारिकताको बारेमा […]

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

काठमाडौँ, साउन ६  गते :  प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी […]

बङ्गलादेशमा प्रदर्शनकारी टेलिभिजनमा आगो लगाए

ढाका, साउन ३ गते । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए । “प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक […]

रोक्न सकिन्छ युवा पलायन

नयाँ पुस्ता स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी रहेको छ ।  हालसम्म नेपालले विश्वका १११ मुलुकमा वैदेशिक रोजगारका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । तीमध्ये दक्षिण एसियाली–मुलुक बङ्गलादेश, माल्दिप्स, पाकिस्तान, श्रीलङ्का, अफगानिस्थान, दक्षिणपूर्वी एसियाली–मुलुक चीन, ताइवान, हङकङ, मकाउ, सिङ्गापुर, […]

विकासमा छिमेकी मोडेल

भुटानको विकास मोडेल, जसलाई ग्रस नेसनल ह्याप्पिनेस (जिएनएच) भनिन्छ । यो विश्वसमुदायकै ध्यानार्कषण गर्ने एक सबल माध्यम हो । दिगो विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सुशासन जिएनएचका मुख्य विषय हुन् । भुटानले कम्तीमा ६० प्रतिशत वन क्षेत्र कायम राख्ने र कार्बन नेगेटिभ हुने प्रतिबद्धता पनि गरेको छ । भुटान दक्षिण एसियाली भूपरिवेष्टित राष्ट्र हो […]

एक वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या सात लाख बढी

काठमाडौँ, साउन ३ गते : गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् । आव २०७९-८० मा सात लाख ७१ हजार ३२८ वैदेशिक रोजगारीका लागि श्रम […]

कुवेत आयल कम्पनीद्वारा महत्त्वपूर्ण तेल, ग्यास खोजको घोषणा

कुवेत सिटी, साउन १ गते : स्कुवेत आयल कम्पनी (केओसी) ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको नौखादा अपतटीय क्षेत्रमा उच्च गुणस्तरको हल्का तेल र ग्यासको नयाँ खोज गरेको घोषणा गरेको छ । कुवेत समाचार एजेन्सीलाई दिएको बयानमा कम्पनीले उक्त क्षेत्रको क्षेत्रफल लगभग ९६ वर्गकिलोमिटर रहेको बताएको छ । यस तहमा हाइड्रोकार्बन स्रोतहरूको प्रारम्भिक […]

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

काठमाडौँ,  साउन १ गते :  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उहाँसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासका […]

नेपाल पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक हो : परराष्ट्र मन्त्री डा. राणा

काठमाडौँ, असार ३१ गते। नव नियुक्त परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउनुभएको छ। सोमबार मन्त्रालयमा पद बहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाल भूपरिवेष्टित र दुई ठुला छिमेकी मुलुकबिचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पूर्वजहरूको […]

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ, असार ३० गते : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ । गोली प्रहारबाट घाइते […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल