विपिनको रिहाइका लागि आग्रह

काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबारसाँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग […]

लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल दूतावासको सम्पर्कमा

बेलायत, फागुन २७ गते ।  लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला पर्नुभएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ […]

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

जेद्दा (साउदी अरेबिया), फागुन २७ गते ।  रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् । मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा […]

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० रेल यात्रु बन्धक

क्वेटा, पाकिस्तान, फागुन २७  गते । पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ । अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाए । “रेलमा रहेका ४५० भन्दा बढी यात्रुहरूलाई […]

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौँ, फागुन १२ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा […]

वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त

जेनेभा, फागुन १२ गते ।  इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैँक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गर्नुभएको छ । इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका […]

परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गर्नुहुँदै

काठमाडौँ, फागुन ९ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ । मन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको […]

खानेतेलले बढायो निर्यात

काठमाडौँ, फागुन ९ गते ।  चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब […]

श्रमिकका लागि एक सय उनन्चास देश खुला, दस वटासँग सम्झौता

काठमाडौँ, माघ २९ गते ।  नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ । पाँच देशसँगको मसौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले साउदी अरब, मलेसिया, कतार र ओमानको मसौदा […]

अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौँ, माघ २४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल