जी. एल .यु (GLU)एसिया प्रशान्त क्षेत्रको संयोजकमा पनेरु

काठमाडौँ, पुस १९ गते। ग्लोबल लेबर युनिभर्सिटी को GLU Asia, Australia & Oceania Alumni Network को सयोजक पदमा लोकेन्द्र पनेरु निर्वाचित हुनु भएको छ । उक्त पदकालागि नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश र इन्डोनेशिया बाट उम्मेदवारी रहेकोमा नेपालकाे तर्फबाट उम्मेदवारी दिनुभएका पनेरु सर्वाधिक मत प्राप्त गरि निर्वाचित हुनु भएको हो । GLU का अफ्रिका, युरोप, ल्याटिन […]

दक्षिण कोरिया विमान दुर्घटना : ज्यान गुमाउनेमध्ये १७४ जनाको शव सनाखत

सियोल, पुस १७ गते । दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । […]

जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी : दुई जनाको मृत्यु

टोकियो, पुस १७ गते । टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो । तीव्र हावाको बिचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको […]

सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौँ, पुस १४ गते । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय […]

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल, पुस १३ गते । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् । गत डिसेम्बरको सुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ । युनको […]

नाइजेरियामा चामल लिने क्रममा कुल्चिएर ३२ जनाको मृत्यु

लागोस,  पुस  ७ गते ।  नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो । दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ जनाको मृत्यु भएको थियो । यसअघि प्रहरीले […]

साउदीबाट फर्किएका एक जनामा ‘मङ्कीपक्स’,सरकारले थाल्यो निगरानी

काठमाडौँ, पुस ६ गते ।   नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो । साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि […]

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

पोर्ट–ओ–प्रिन्स (हाइटी), पुस ३ गते : हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट […]

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ,  पुस ३ गते : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले […]

अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा

नैरोबी, मङ्सिर २९ गते : अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्याङ्क उल्लेख गरेको छ । अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल