काठमाडौँ, चैत १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना तथा प्रविधिलाई उद्योगका रूपमा स्थापित गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । त्यसै गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै स्थानीय निकायलाई ‘ब्रोडब्यान्ड कनेक्टिभिटी’ द्वारा जोड्ने उहाँले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी) […]
काठमाडौँ, चैत १९ गते । पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ । गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको […]
काठमाडौँ, चैत १९ गते । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रूपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार ६३९ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको विवरण अनुसार, अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको हो […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै उपचारका लागि खर्च हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
काठमाडौं, चैत १८ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ । प्रायः हरेक सोमबार बस्ने मन्त्रिपरिषदको बैठकलाई नियमित बैठक भनिएको छ । […]
काठमाडौँ, चैत १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन […]
कीर्तिपुर (काठमाडौँ), चैत १८ गते । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ । कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ […]
काठमाडौँ, चैत १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
लेखनाथ, चैत १८ गते । गण्डकी विश्वविद्यालयमा अहिले करारमा कार्यरत ७८ शिक्षक तथा कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका उपरजिस्ट्रार नीलप्रसाद पनेरूले अधिवक्ता मनोज घर्तीमगरले दायर गरेको रिटमा अहिले प्रक्रिया अल्पकालीन अन्तरिम […]
तम्घास, चैत १८ गते । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक साताको अवधिमा नयाँ र प्रतिलिपि गरेर नागरिकता बनाउनेको सङ्ख्या […]