मन्थली (रामेछाप), २५ असोज : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण […]
गोरखा, २५ असोज ः गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढ्नुभएकी उहाँले घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो । थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीनजनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् […]
मष्टा (बझाङ), २५ असोज ः बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा […]
कर्णाली, २५ असोज ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ बमोजिम प्रदेश प्रमुख परियारसमक्ष वार्षिक प्रतिवेदन पेश […]
काठमाडौँ, २४ असोज : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ । प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने वाइपास बाहकले मात्र यो गेट पार गर्न […]
मन्थली (रामेछाप), २४ असोज : खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । […]
धुलिखेल (काभ्रेपलाञ्चोक), २४ असोज ः स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था ९जिनेसोग०ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उहाँले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका […]
धुलिखेल, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको आज उद्घाटन गर्दै राष्ट्रपतिले […]
काठमाडौँ, २४ असोज : प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् । यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाको समय (आज दिउँसो ४ सम्म) समय दिइएको थियो । संशोधनमा यही असोज ५ गते नेपाल […]
जनकपुरधाम, २४ असोज : नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गर्नुभएको छ । नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न […]