काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न […]
काठमाडौँ, चैत २८ गते । नेपालको समृद्धिका लागि नेपाली परम्परागत कला, हस्तकलाको महत्वलाई राज्यले चिनेर, बुझेर यस क्षेत्रमा लगानी र बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । ऊर्जा तथा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले थाङ्का/पौभा विशेष प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठान, सुनापति गाउँपालिका–४, रामेछाप र ख्वप पौभा च्वमी पुचःको सहकार्यमा बुधबार राजधानीमा आयोजित […]
पोखरा, चैत २८ गते । कुनै बेला पोखरा सुटिङका लागि मुख्य गन्तव्य स्थल मानिन्थ्यो । आधाभन्दा बढी प्रतिशत सुटिङ पोखराका सुन्दर दृश्यसँगै हुन्थे । यहाँका सौन्दर्यलाई कैयौँले आफ्नो चलचित्रमा कैद गरेका छन् । राजधानीबाट महिनामा थुप्रै चलचित्रको टोली सुटिङका लागि पोखरा आइपुग्थे । फेवातालमा चलचित्र सुटिङ गर्नका लागि पालो कुर्नुपर्ने हुन्थ्यो । सुटिङ युनिट लेखेको ब्यानर गाडीमा टाँसेर बजारमा गुडेको दैनिक […]
दार्चुला चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका […]
मुस्ताङ, चैत २८ गते । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् । मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रयत्न गर्दा पनि अवसरको पूर्ण उपयोग नहुन सक्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । दीर्घकालीन लाभ हुने काममा लाग्ने समय उपयुक्त छ । तार्किक क्षमता वृद्धि हुनेछ । विशेष सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । वृष ( इ, उ, ए, […]
चितवन, चैत २७ गते । नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ । कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले […]
काठमाडौँ, चैत २७ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन […]
नवलपुर, चैत २७ गते । नवलपुरको गैडाकोट नगरपालिका–१ ब्रिटिश पेन्सन क्याम्पनजिकै नारायणी नदीमा बेपत्ता भएका दिदीभाइ अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार मंगलबार साँझ ६ बजेतिर बाग्लुङ जिल्ला घर भई हाल गैडाकोट –१ ब्रिटिस क्याम्प निवासी १३ बर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ बर्षीय भाइ स्वप्निल […]
काठमाडौँ, चैत २७ गते । पछिल्लो समय महीको लोकप्रियता बढेर बजारको प्रिय वस्तु बन्न थालेको छ । महीको खपत बढ्नुका साथै बजारसमेत फस्टाउँदै गएको छ । विभिन्न डेरी उद्योगले महीको लेबलिङ र प्याकेजिङ गरेर बजारमा बेच्न थालेपछि बजार फस्टाउँदै गएको हो । मही गर्मी मौसम स्वास्थ्यका लागि लाभदायक रहेकाले मही उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ […]