गर्मी बढेसँगै बिरामी पनि बढ्दै

बुटवल, चैत २० गते ।  जाडो सकिएर गर्मी बढ्दै जाँदा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर बुटवलका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी,  घाँटी दुख्ने जस्ता समस्या लिएर बुटवलका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका […]

आजबाट शिक्षकले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं, चैत २० गते । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा प्रदर्शन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो । हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभइ संसद अधिवेशन अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ । समितिले वार्ताका माध्यमबाट समस्या समाधान […]

दश हजार थान लागु औषध ट्याब्लेटसहित सात व्यक्ति पक्राउ

गाईघाट, चैत २० गते । उदयपुरको कटारी नगरपालिका वडा नं ४ कान्छी बजारबाट ठुलो परिमाणमा लागु औषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक भिमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि ठाउँ निवासी सात व्यक्तिलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताउनुभयो । पक्राउ पर्नेमा जिल्ला […]

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच भेटवार्ता हुँदै

बैङ्कक, चैत २० गते ।  थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो […]

२०८१ चैत २० गते – 02, April, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष ( इ, उ, ए, ओ, […]

लुम्बिनीमा घाटा बजेट ल्याउँदैनौं : मुख्यमन्त्री आचार्य

दाङ, चैत १९ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नल्याउने बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको मंगलबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि घट्ने भएकाले सोहीअनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । यससँगै मुख्यमन्त्री […]

सहमति नजुट्दा बसेन बैठक

मकवानपुरगढी, चैत १९ गते । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक बस्न सकेन । सरकार र प्रतिपक्षबिच सहमति नजुट्दा बैठक स्थगित भएको छ । सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनु पर्ने अडान राख्दै प्रतिपक्षले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदैआएका थिए । मंगलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले विहान […]

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

काठमाडौँ, चैत १९ गते । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा  मेहेनत छ । विडम्बना, […]

दीपक बोहोराको निधनले गृहजिल्ला रुपन्देही शोकमग्न

मर्चवार (रुपन्देही), चैत १९ गते। सांसद दीपक बोहोराको निधनले सिङ्गो रुपन्देशी शोकमग्न भएको छ। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्यायवाची जस्तै हुनुहुन्थ्यो। उहाँको निधनप्रति  आबद्ध दल राप्रपा सत्ताधारी दल एमाले, काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा लगायत राजनीतिक दल र संघसंस्थाले  दुःख व्यक्त गरेका छन्। राष्ट्रिय […]

शिक्षक महासङ्घ : काठमाडौं जाऔं अभियानमा

काठमाडौं, चैत १९ गते । नेपाल शिक्षक महासङ्घले चैत २० गते बुधबारदेखि दोस्रो चरणको  कार्यक्रमको रुपमा ‘काठमाडौं जाऔं अभियान’ सुरु गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले मङ्गलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयमा पत्रकार सम्मेलन आयोजना गरी शैक्षिक सडक आन्दोलनको कार्यक्रमबारे जानकारी गराएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदको हिउँदे अधिवेशन मङ्गलबार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल