पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

नवलपरासी,  असोज ८ गते :  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो ।  निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना […]

बाँकेमा कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

नेपालगन्ज, असोज ४ गते : बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप  लगाउन सुरु गरिएको हो । उहाँले कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य […]

अल्जाइमरको नयाँ औषधीको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस, असोज ४ गते : अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधीहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधी निर्माताहरूको ती औषधीको पक्षधर समूहको दाबी रहेको छ तर आलोचकहरूको लागि, तिनीहरू महङ्गा असफलताहरूको लामो लाइनपछि […]

एक मिनेटभित्रै बिरामीलाई सेवा

बैतडी, असोज २ गते : उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् । निःशुल्क प्रयोगशाला सञ्चालन गरेर १३ वटा रोगको गाउँमै उपचार हुन थालेको छ । यी सबै कामको तथ्याङ्क राख्न रजिस्टर होइन, उपकरण (डिभाइस) […]

पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण

पर्वत, भदौ २९ गते : गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पर्वत जिल्ला अस्पतालका अनुसार बिहिबार रातीसम्म ५ सय ९७ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । ‘अस्पतालको सम्पर्कमा पुगेकाहरुको रेकर्डका आधारमा मात्रै यो संख्या निकालिएको हो,’ पर्वत जिल्ला अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले भन्नुभयो, […]

पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप

फिदिम, भदौ २९ गते : पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको हाे । जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो । पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् […]

बिरामी उपचारमा अस्पतालको लापरबाही, क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर

खजुरा, भदौ २७ गते : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । नेपालगन्ज मेडिकल शिक्षण अस्पताल नेपालगन्जले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख […]

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

गोरखा,  भदौ २७ गते : उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय […]

बाँकेमा औलो रोगको जोखिम कायमै

खजुरा, भदौ २६ गते : बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । विगत चार वर्षदेखिको तथ्याङ्क अनुसार बाँकेका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । औलोका बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा जिल्लामा औलो रोगको जोखिम कायमै रहेको पाइएको हो  । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार […]

नारायणी अस्पतालबाट क्यान्सर रोगको उपचार सुरु

वीरगञ्ज, भदौ २५ गते। पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ। नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल