काठमाडौँ, भदौ १६ गते । सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा । यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा […]
नवलपुर, भदौ १५ गते : नवलपुर सदरमुकाम कावासोतीको हात्तीखोर आसपासका होटल तथा रेष्टुरेन्टमा अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको टोलीले होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको हो । गोरखापत्रले बिहीबार ‘होटलमा अखाद्य रङको बिगबिगी, छैन बजार अनुगमन’ […]
काठमाडौँ, भदौ १४ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो । […]
बनेपा, भदौ १३ गते : धुलिखेल अस्पतालले नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनी रोगको पहिचान, त्यस्ता रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपाय पहिचानका लागि जेनोप्लान परीक्षण सेवा सुरु गरेको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालकी गाइनोकोलोजिस्ट प्राडा. आभा श्रेष्ठले सिङ्गापुर, जापान, […]
काठमाडौँ, भदौ ११ गते : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणाले बढेको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ६७ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणले बढेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा […]
बिर्तामोड, भदौ ८ गते । चार दिनअघि उपचारमा गएको बेला हतकडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा विशाल राईलाई शनिबार पक्राउ परेका छन् । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाई बसिरहेको अवस्थामा राईलाई बिहान ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार […]
काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ […]
नारायणगढ, भदौ ८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरुको टोलीले शवको पोष्टमार्टम […]
काठमाडौँ, भदौ ५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको हो। कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् । मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत […]