नेपालगन्ज, साउन ३० गते । अति न्यून शुल्कमा पश्चिम नेपालका हजारौं बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको छ । भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार भेरी अस्पतालको […]
काठमाडौँ, साउन ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको हो । यो सँगै क्यान्सरका बिरामी भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल […]
प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै […]
गुल्मी, साउन २८ गते : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खादा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खादा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक केसीका अनुसार यहाँका […]
खोटाङ, साउन २८ गते । गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ । खोटेहाङ गाउँपालिका–८, सिमपानीको डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले स्वास्थ्य चौकीमा […]
बर्दीबास, साउन २७ गते । महोत्तरीको सीमावर्ती नगरपालिका मनरासिसवाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको घरमै सेवा पु-याउन ‘घरदैलो सामुदायिक स्वास्थ्य कार्यक्रम’ सञ्चालमा ल्याएको हो । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको मनरासिसवाले १२ औँ नगर सभाबाट स्वीकृत कार्यव्रmम अनुसार प्रत्येक वडाको घरदैलोमै स्वास्थ्य सेवा […]
काठमाडौँ, साउन २५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उहाँले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा […]
काठमाडौँ, साउन २२ गते : डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ । इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला […]
दमौली (तनहुँ), साउन २१ गते : तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रिया कक्षको आज शुभारम्भ गर्नुहुँदै […]
काठमाडौँ, साउन २१ गते : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र […]