पोलियोविरुद्ध विशेष सतर्कता

नेपालमा सन् २०१० सेप्टेम्बरपछि पहिलो पटक काठमाडौँमा पोलियोको खोपबाट उत्पन्न टाइप तीन भाइरस (विषाणु) भेटिएको छ । निष्क्रिय तर जीवित भाइरस रहेको खोपमा लाखौँ बालबालिकाले सेवन गर्दा एक जनामा आन्द्रामा उत्परिवर्तित हुन सक्ने हुन्छ ।  १० भन्दा बढी न्युक्लाटाइड परिवर्तन हुँदा संवेदनशील मानिन्छ । १३ जेठमा सङ्कलित नमुनामा जनस्वास्थ्य प्रयोगशालामा प्रासेसिङ तथा बैङ्ककको नेसनल इन्स्टिच्युट […]

‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुर (कैलाली),  साउन ७ गते :  बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो […]

नेपालगन्ज मेडिकल कलेजमा दन्त चिकित्सा स्नातक तहको पनि अध्यापन हुने

नेपालगन्ज, साउन ७ गते : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो । दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ […]

बिमाको औषधी पाउनै मुस्किल

काठमाडौँ, साउन  ६ गते । सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ । सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा  धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन् । केही समयअघि वीर […]

दस वर्षपछि फेरि भेटियो पोलियो भाइरस

काठमाडौँ, साउन ६ गते : नेपालमा पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रयोगशाला परीक्षणको नतिजा अनुसार काठमाडौँको टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको छ । उहाँले नेपालमा […]

नाइरोबी फ्लाई किराको सङ्क्रमणबाट बच्न चिकित्सकको सुझाव

काठमाडौँ, साउन ५  गते : वर्षायाम सुरु भएसँगै नेपालमा छालामा नाइरोबी फ्लाई किराको सङ्क्रमण बढ्ने गर्छ ।  यो मौसममा पाइने नाइरोबी फ्लाई किराको सम्पर्कमा आएपछि छालामा सङ्क्रमण बढ्ने चिकित्सकको भनाइ छ । अहिले मुख्यगरी तराईका जिल्लामा यो किराको सङ्क्रमण बढेको छ । सिभिल अस्पतालका छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले पछिल्लो केही दिनदेखि अस्पतालमा नाइरोबी फ्लाई किराले गर्दा छालामा […]

नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण

धनगढी, असार ३१ गते : नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) हुने समस्या बढ्दो रूपमा देखिएको हो । नाइरोबी फ्लाई नामक किराका कारण सङ्क्रमण भइरहेको चिकित्सकले बताएका छन् । मानिसको शरीरमा पेडेरिन रसायन छाडेपछि छालामा जलन हुने, चिलाउने, छाला रातो हुने जनैखटिरा जस्तै खटिरा देखिने समस्या हुने गरेको जनाइएको […]

बाँके पूर्णखोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

नेपालगन्ज, असार ३० गते : बाँके जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्लाको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीलाई संयुक्त रुपमा प्रदान गरेर पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै […]

‘स्वास्थ्य उपचारको केन्द्र पोखरालाई बनाउनु पर्छ’

पोखरा, असार २९ गते । मणिपाल शिक्षण अस्पताल पोखराले उच्चस्तरीय सेवासहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ । झन्डै ३७ करोड रुपियाँको लागतमा निर्माण गरिएको सघन उपचार कक्षमा लेबल ३ को ७२ श-याको निर्माण भएको हो । अस्पतालले यसअगाडि पनि ९२ वटा श-याको सेवा प्रदान गरेको थियो । अब अस्पतालसँग १६६ श-याको सघन उपचार कक्ष भएकोे छ । […]

जनस्वास्थ्यप्रति सचेतना

मानव जीवनको सबैभन्दा ठुलो सम्पत्ति भनेकै स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गरेर स्वस्थ हुने प्रयत्न गर्नुभन्दा रोग लाग्न नदिनु नै सम्पत्तिको सबैभन्दा ठुलो सुरक्षा मानिएको छ । स्वास्थ्य समस्या जुनसुकै बेला पनि हुन सक्छ तर बर्सातको समयमा संक्रमक रोगहरू ज्यादा फैलिने सम्भावना भएकाले स्वास्थ्य सचेतनाप्रति चनाखो रहनुपर्ने हुन्छ । बर्खामा आउन सक्ने बाढीपहिरोबाट निम्तिने विपत्ति […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल