काठमाडौँ, असार १ गते । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो । […]
बुटवल, जेठ ३१ गते : लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । […]
पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रूपमा क्रय क्षमतामा सुधारसँगै नेपालीको दैनिकीमा निकै परिवर्तन आएको छ । यस परिवेशमा होटल, रेस्टुराँ, सीमानाका क्षेत्र, खाद्य सामग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा बिक्री वितरणको फितलो अनुगमनका कारण नेपालमा आगामी दिनमा क्यान्सरका रोगी बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन गाह्रो छ । तिनीहरूको पालामा जस्तो […]
हेटौँडा, जेठ २७ गते : हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका राजनीतिक दलपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी उभिएका छन् । हेटौँडा अस्पताललाई छुट्टै राख्नुपर्ने मागसहित मकवानपुरमा व्रिmयाशील राजनीतिक दल एकमत भएर निर्णय गरेको एक साता बित्दा नबित्दै अस्पताल निर्देशकदेखि चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध […]
चरीकोट जेठ २१ गते : जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिला लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना […]
हेटौँडा, जेठ १९ गते : विश्व बुबा आमा दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ मा शनिबारदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. २ को आयोजना एवम् जलेश्वर मन्दिर व्यवस्थापन समितिको सहयोगमा सेवा केन्द्रको शुभारम्भ सँगै ज्येष्ठ नागरिक सम्मान तथा निमोनियाविरुद्धको खोप लगाइएको छ । ५४ जना ज्येष्ठ नागरिकलाई […]
चितवन, जेठ १९ गते : चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो । यसअघि नीति तथा कार्यक्रममा सङ्घीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो […]
बारा, जेठ १७ गते : प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका […]
म्याग्दी, जेठ १६ गते : गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका –४ सिङ्गा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चारसय जना सर्वसाधारणले सुविधा लिएका छन् । मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था […]
चितवन, जेठ १४ गते : गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ […]