चितवन, १६ मङ्सिर : भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ […]
काभ्रेपलाञ्चोक, १२ मङ्सिर : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत नागरिकको घरदैलोमै सेवा उपलब्ध गराउन थालेको छ । घुम्ती सेवामा नगरले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता गर्न थालिएको जनाइएको छ । कार्यक्रमअन्तर्गत कृषि तथा पशुसम्बन्धी घरदैलामै सेवा प्रदान गरिरहेको कार्यालयका योजना अधिकृत विष्णुकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका […]
काभ्रेपलाञ्चोक, ११ मङ्सिर : काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडाँै पुग्नुपर्ने बाध्यता हटेको छ । क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक […]
काठमाडौँ, ११ मङ्सिरः कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी […]
काठमाडौं, मङ्सिर ११ गते । सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी […]
काठमाडौं, मङ्सिर ५ : जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नका लागि बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो । शहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ । यस हप्ता धेरै व्यक्ति हैजाबाट सङ्क्रमित भएको विज्ञहरुको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भए पनि सफा पानीको अभावका कारण […]
१. बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ । २. बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । ३. यसको सेवनले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ । ४. बदाममा प्रशस्त […]
काठमाडौं, मङ्सिर २ : काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । […]
दमौली, मङ्सिर १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी अस्पतालको आज (शुक्रबार) यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लो तहसम्म पुर्याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो […]
काठमाडौँ, कात्तिक २४ गते । अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । […]